२.चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो ?
सन् २०२६ जुन ८/९
भ्रमणको मुख्य उद्देश्य दुई देशबिचको परम्परागत मित्रताका बारेमा छलफल गर्नु र द्विपक्षीय सम्बन्धको समग्र विकासका विषयमा विचार आदानप्रदान गर्नु रहेको बताइएको छ ।
३.सिङ्गापुरमा सम्पन्न ‘एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता’ को उपाधि जित्ने राष्ट्र कुन हो ?
नेपाल (१९ रनले विजयी)
खेल सञ्चालन मिति : सन् २०२६ मे ३१ – जुन ८
आयोजना : सिङ्गापुर
सिङ्गा ओभल मैदानमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा दुई विकेट गुमाई ११४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सो समयमा डिएलएस नियम अनुसार नेपाल १९ रनले अगाडि रहेकाले विजेता घोषित भएको छ ।
यो फाइनल खेल नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको एक सय औँ टी–२० अन्तर्राष्ट्रिय खेल थियो, जुन आफैँमा एउटा महìवपूर्ण व्यक्तिगत कीर्तिमान हो ।
– प्रतियोगितामा उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले फाइनलमा ४० बलमै आड चौका र तीन छक्कासहित ६५ रन बनाए । यसै छनोट प्रतियोगितामा उनले दुई सतक प्रहार गरेका छन् ।
यस जितसँगै छनोट प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान आगामी एसियन गेम्सका लागि छनोट भएका हुन् ।
४.छायाछवि क्रियसनद्वारा आयोजित ‘१७ औँ डी सिने अवार्ड’ मा वर्ष २०८१ को उत्कृष्ट चलचित्रको उपाधि विजेता चलचित्र कुन हो ?
अञ्जिला
उत्कृष्ट निर्देशक : मिलन चाम्स (अञ्जिला)
उत्कृष्ट अभिनेता : विजय बराल (पूर्णबहादुरको सारङ्गी)
उत्कृष्ट अभिनेतृ : स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली)
चलचित्रकर्मी रजत सम्मान : निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेतृ निरुता सिंह
५.संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदन अनुसार पश्चिम एसियाको तनाव र ऊर्जा सङ्कटका कारण सन् २०२६ मा विश्वको आर्थिक वृद्धिदर र विश्वव्यापी मुद्रास्फीति क्रमश: कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?
आर्थिक वृद्धिदर : २.५ प्रतिशत र विश्वव्यापी मुद्रास्फीति : ३.९ प्रतिशत
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि महìवपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ र ऊर्जाको मूल्यवृद्धि भएको छ, जसका कारण विकासशील देशमा मुद्रास्फीति उच्च (५.२ प्रतिशतसम्म) पुग्ने र करोडौँ मानिसको जीवनयापन कठिन बन्न सक्ने जोखिम बढेको छ ।
– यस सङ्कटले पश्चिम एसियाको आर्थिक वृद्धिदर पनि खुम्चिएर १.४ प्रतिशत र युरोपेली सङ्घको १.१ प्रतिशतमा झर्ने अनुमान रहेको छ । अमेरिकाको अर्थतन्त्र तुलनात्मक रूपमा स्थिर (२ प्रतिशत) रहने र चीनले रणनीतिक भण्डारणका कारण केही राहत पाउँदै आफ्नो वृद्धिदर ४.६ प्रतिशत कायम राख्ने अनुमान गरिएको छ ।
६.आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
२४ प्रतिशत
कुल गार्हस्थ उत्पादनको संरचना (आव २०८२/८३)
विवरण
तथ्याङ्क
कुल गार्हस्थ उत्पादन
रु.६६ खर्ब ९ करोड
कृषि क्षेत्रको योगदान
२४ प्रतिशत
कृषि क्षेत्रको वृद्धिदर
१.५८ प्रतिशत
गैरकृषि क्षेत्रको योगदान
७६ प्रतिशत
गैरकृषि क्षेत्रको वृद्धिदर
४.५४ प्रतिशत
प्राथमिक क्षेत्रको हिस्सा
२४.४६ प्रतिशत
द्वितीयक क्षेत्रको हिस्सा
१३.७३ प्रतिशत
सेवा क्षेत्रको हिस्सा
६१.८१ प्रतिशत
७.चीनको कुन अन्तरिक्ष अभियान अन्तर्गत तीन जना अन्तरिक्षयात्री २१० दिनको सफल अन्तरिक्ष बसाइँ सम्पन्न गरी हालै सकुशल पृथ्वीमा फर्किएका हुन् ?
सेन्झोउ–२१
प्रक्षेपण : सन् २०२५ अक्टोबर ३१
पृथ्वीमा अवतरण : सन् २०२६ मे २९
सहभागी अन्तरिक्षयात्रीहरू : झाङ लु, वु फेई र झाङ होङझाङ
८.हालै फिलिपिन्सको मिन्डानाओ टापुनजिक समुद्रमा केन्द्रविन्दु बनाएर कति म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो ?
७.८ म्याग्निच्युड (सन् २०२६ जुन ८)
९.विसं २०८३ मा प्रदान गरिएको मधुपर्क सम्मानबाट सम्मानित हुने स्रष्टा को को हुनुहुन्छ ?
पद्यतर्फ : अग्रज कवि एवं गीतकार यादव खरेल,गद्यतर्फ : कथाकार भाउपन्थी र मधुपर्क प्रतिभा : समालोचक गीता त्रिपाठी
१०.विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले पहिलो फिफा शान्ति पुरस्कार कसलाई प्रदान ग¥यो ?
डोनाल्ड ट्रम्प (सन् २०२५ डिसेम्बर)
११.अमेरिका, मेक्सिको र क्यानडाद्वारा संयुक्त रूपमा आयोजना गर्न लागिएको २३ औँ संस्करणको फिफा विश्वकपमा इतिहासमै पहिलो पटक कति राष्ट्र सहभागी हुँदै छन् ?
४८ राष्ट्र
खेल सञ्चालन : सन् २०२६ जुन ११ – जुलाई १९
फिफाको इतिहासमै पहिलो पटक टोली सङ्ख्या ३२ बाट बढाएर ४८ राष्ट्र पु¥याइएको छ ।
यस विश्वकपमा हरेक टोलीले अनिवार्य रूपमा २६ खेलाडी राख्नुपर्ने नयाँ नियमसँगै कुल एक हजार २४८ खेलाडीको सहभागिता हुने छ ।
फुटबल इतिहासमै पहिलो पटक तीन वटा देश (अमेरिका, मेक्सिको र क्यानडा) ले संयुक्त रूपमा विश्वकपको आयोजना ।
यस विश्वकपमा सर्वाधिक खेलाडी इङ्ग्लिस प्रिमियर लिग (दुई सय जना) बाट खेल्दै छन् भने एउटै क्लबको कुरा गर्दा म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ जना खेलाडीले आआफ्नो देशको प्रतिनिधित्व गर्दै छन् ।
१२.मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?
फादर विलियम बर्क
१३.फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
साउदी अरब
१४. ‘तपाईंको आजको पीडा नै भोलिको तपाईंको शक्ति बन्ने छ ।’ भन्ने विद्वान् को हुन् ?
रोबर्ट टेभिस
१५.विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
बेलायत
१६.रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा सन् २०२६ मेमा प्रकाशित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?
८७ (स्कोर : ५४.८०)
शीर्ष १० स्थानमा रहेका राष्ट्र
न
राष्ट्र
स्कोर
१
नर्व
९२.७२
२
नेदरल्यान्ड्स
८८.९२
३
इस्टोनिया
८८.५४
४
डेनमार्क
८८.४७
५
स्विडेन
८७.६१
६
फिनल्यान्ड
८६.२२
७
आयरल्यान्ड
८५.९३
९
स्विट्जरल्यान्ड
८४.८३
१०
लक्जेम्बर्ग
८४.१४
१७. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित सुपरजोन कति छन् ?
२१ (जोन : २०६, ब्लक: एक हजार ६९९ र पकेट : नौ हजार ३९३)
१८.सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले ‘हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२/२०८६’ कहिले स्वीकृत गरेको हो ?
विसं २०८२ मङ्सिर २८
१९.२२ औँ अन्तर्राष्ट्रिय कर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०८२ मङ्सिर २/५ (सन् २०२५ नोभेम्बर १८/२१), काठमाडौँ
२०.नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ?
कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच)
२१.हाल नेपालमा बहुआयामिक गरिबी कति रहेको छ ?
१७.४ प्रतिशत (निरपेक्ष गरिबी : २०.२७ प्रतिशत), आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार